Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ५ ≫ प्रदेश पाँचमा सवारी दुर्घटना बढदो, सवारी दूर्घटनामा परि ६ सय २३ जनाको मृत्यु
३५ औं झरना कप फुटबल : लिस्नुलाई पराजित गरी भूपू सैनिक क्लव सालघारी अघिल्लो चरणमा

३५ औं झरना कप फुटबल...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
विद्युत प्राधिकरणको ट्रंकलाइन विलिङ : उद्योगी ब्यवसायीले भने ट्रंकलाइनको बक्यौता तिर्दैनौ

विद्युत प्राधिकरणको ट्रंकलाइन विलिङ :...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
बुटवलमा बजार अनुगमन : ७१२ रुपैयां प्रतिकिलोको जिरा मसला १३ सयमा विक्री

बुटवलमा बजार अनुगमन : ७१२...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago

प्रदेश पाँचमा सवारी दुर्घटना बढदो, सवारी दूर्घटनामा परि ६ सय २३ जनाको मृत्यु

संसारपोस्ट संवाददाता · १२ श्रावण २०७६ · 0
प्रदेश पाँचमा सवारी दुर्घटना बढदो,  सवारी दूर्घटनामा परि ६ सय २३ जनाको मृत्यु
140
SHARES
ShareTweet


यमलाल भुसाल
बुटवल, १२ साउन
प्रदेश नम्बर पाँचमा आर्थिक वर्ष २०७४ ।०७५ को तुलनामा वितेको आर्थिक प्रदेशमा दुर्घटनामा वृद्धि भएको छ ।
दुर्घटनामा वृद्धि भएसंगै मानिसको मृत्युको संख्या पनि बढेको छ । आर्थिक वर्ष २०७४ ।०७५ मा प्रदेशमा ८ सय ३५ वटा सवारी दुर्घटनामा परि ५ सय २० जनाको मृत्यु भएकोमा वितेको आर्थिक वर्षमा दुर्घटना पनि बढेको र मानिसको मृत्यु संख्या पनि बढेको छ ।
प्रदेश पाँचका १२ जिल्लामा आर्थिक वर्ष २०७५। ०७६ मा १ हजार २९ वटा सवारी दुर्घटनामा परि ६ सय २३ जनाले ज्यान गुमाएका छन । सवारी दुर्घटनामा परि ९ सय ३३ जना गम्भिर घाईते भएका छन । आर्थिक वर्ष २०७४ ।०७५ मा प्रदेशमा १ हजार १ सय ८७ वटा सवारी दुर्घटनामा परेकोमा वितेको आर्थिक वर्षमा १ हजार ४ सय ४० वटा सवारी साधन दुर्घटनामा परेको प्रदेश ५ को ट्राफिक प्रहरी कार्यालय बुटवलका संचार संयोजक प्रहरी नायव उपरिक्षक राम प्रकाश शाहले बताउनु भयो ।
सवारी दुर्घटनामा परि ४४२ जना पुरुष ११९ जना महिला, ३२ जना वालक र ३० जना वालिकाको ज्यान गएको हो ।
जस अनुसार रुपन्देही जिल्लामा सवै भन्दा बढी र रुकुम जिल्लामा सवै भन्दा कम सवारी दुर्घटना हुने गरेको तथ्याङकंले देखाएको छ ।रुपन्देही जिल्लामा वितेको एक वर्षमा ३ सय ६८ वटा सवारी दुर्घटना भएको र १ सय ४३ जनाको ज्यान गएको छ ।
त्यस्तै पश्चिम नवलपरासीमा १५१ वटा दुर्घटनामा ७३ जनाको ज्यान गएको छ भने कपिलवस्तुमा २४१ व्टा दुर्घटनामा ८० जनाको ज्यान गएको छ । पाल्पामा ७५ वटा दुर्घटनामा ४० जनाको ज्यान गएको छ भने गुल्मीमा २९ दुर्घटनामा १९ जनाको ज्यान गएको छ ।
त्यस्तै अर्घाखाँचीमा २१ दुर्घटनामा १६ जना र दाङमा २५० वटा दुर्घटनामा परि १०४ जनाले ज्यान गुमाएका छन ।
बाँकेमा १४२ वटा दुर्घटनामा ७१ जना र वर्दियामा ७६ वटा दुर्घटनामा परि ३३ जनाले ज्यान गुमाएका छन ।
त्यस्तै प्युठानमा ३२ वटा दुर्घटनामा १४ जना तथा रोल्पामा २८ दुर्घटनामा १५ जना र पुर्वि रुकुममा ९ वटा सवारी दुर्घटनामा परि १५ जनाको ज्यान गएको प्रहरीको तथ्याङकले देखाएको छ । प्रदेशमा भएका दुर्घटनाको तथ्याङक अनुसार ६५५ मोटरसाकिल, १९० जिपकार, १३० बस, ११८ टृक टैकर, ११८ टयाक्टर , ५७ टिप्पर, ५२ टम्पो र १५ वटा माईक्रोबस दुर्घटनामा परेका छन ।
पाँच नम्बर प्रदेश प्रहरी कार्यालय दाङ र प्रदेश ५ को ट्राफिक प्रहरी कार्यालय बुटवलले सडक सभ्यता अभिबृद्धि एवं सवारी दुर्घटना न्युनिकरण ,समुदाय प्रहरी साझेदारी कार्यक्रममा तथा ट्राफिक सप्ताह ,चालक परिचालकलाई प्रशिक्षण,जनचेतनामुलक कार्यक्रम,विद्याथीलाई प्रशिक्षण गदै आएतापनि कार्यक्रम गरे अनुसारका प्रतिफल प्राप्त हुन सकिरहेको देखिदैन ।
प्रदेश ५ को ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रहरी उपरिक्षक मधुसुदन लुईटेलले पहाडी क्षेत्रमा विना ईन्जिनियरिङ डोजर चलाएर सडक निर्माणगर्नु ,सवारी साधनको वृद्धि र कच्ची सडकको दुराअवस्था नै सवारी दुर्घटनाको प्रमुख कारण भएको बताउनु भयो ।
दुर्घटनाको तथ्याकंलाई हेर्दा कच्ची सडकमा बढी दूर्घटना हुने गरेको समेत उहाँले बताउनु भयो ।
दुर्घटनाका वारेमा प्रदेश पाँचका आन्तारिक मामिला तथा कानुन मन्त्री कुल प्रसाद केसीले दुर्घटना न्युनिकरण र अपराध नियन्त्रणका लागि प्रदेशका ४२ महत्वपुर्ण स्थानमा सिसिटीभि जडान यसै बर्ष गरिने बताउनु भयो ।
त्यस्तै पाँच नम्बर प्रदेश प्रहरी कार्यालय दाङका प्रहरी नायव महानिरिक्षक सुरेश विक्रम शाहले नेपालका सडक सवारी मार्ग भन्दा पनि मृत्यु मार्गका रुपमा स्थापित हुदै गएकाले सरोकारवाला निकाय गम्भिर हुन जरुरी रहेको औल्याउनु भयो ।
प्रदेशमा ६ लाख ५५ हजार ३ सय १९ वटा सवारी साधन संचालनमा रहेका छन ।

≪ Previous Post

नेपालको टी—२० विश्वकप खेल्ने सपना अधुरै

Next Post ≫

भार्सेली युवा विश्व संजालद्धारा गुल्मीको सत्यवतीमा राहत वितरण

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क