Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ सिद्धार्थ नगरद्वारा पत्रकारिता सहित तीन विधामा २२ लाखको अक्षयकोष स्थापना
यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा श्रेष्ठ निर्वाचित

यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी र चालकलाई सम्मान

आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा सम्पन्न

श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा...

धर्म/सस्कृति प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

सिद्धार्थ नगरद्वारा पत्रकारिता सहित तीन विधामा २२ लाखको अक्षयकोष स्थापना

संसारपोस्ट संवाददाता · ८ श्रावण २०७६ · 0
सिद्धार्थ नगरद्वारा पत्रकारिता सहित तीन विधामा २२ लाखको अक्षयकोष स्थापना
100
SHARES
ShareTweet

बुटवल ८ साउन
रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले तीन विधामा नगरस्तरीय अक्षयकोष स्थापना गरेको छ । नगरपालिकाको असार १७ मा सम्पन्न पाँचौ नगर सभाले अक्षयकोष स्थापना गर्न बजेट पारित गरेको छ । नगरले खेलकुद विकास, भाषा, संस्कृति र कला, तथा पत्रकारिता अक्षयकोष स्थापना गर्न बजेट विनियोजन गरेको छ । खेलकुदतर्फ १० लाख, भाषा, संस्कृति र कलातर्फ ५ लाख र पत्रकारितातर्फ ७ लाख विनियोजन गरिएको नगरप्रमुख हरिप्रसाद अधिकारीले जानकारी दिए । अक्षयकोष स्थापना गर्न नगरले अहिले सम्बन्धित क्षेत्रका विज्ञसँग सहकार्य गरेर कार्यविधि बनाइरहेको सूचना अधिकृत देवप्रसाद ज्ञवालीले जानकारी दिनु भयो ।
खेलकुद अक्षयकोषमार्फत् नगरभित्रका पूर्व खेलाडी, वर्तमान खेलाडीहरुलाई भइपरी आउने समस्यामा सहयोग गरिने छ । ‘राष्ट्र चिनाउने खेलकुद नै हो । नगरबाट उत्पादित थुप्रै खेलाडीहरुले विभिन्न खेलमार्फत् राष्ट्रलाई चिनाउन ठूलो भूमिका खेल्नुभएको छ । यसैको सम्मानस्वरुप हामीले अक्षयकोष स्थापना गरेका हौं’, प्रमुख अधिकारीले भने । उनकाअनुसार अबको तीन वर्षमै यो अक्षयकोष बृद्धि गरी कम्तिमा ५० लाख गराइने छ ।
यस्तै, नगरपालिकाले भैरहवा क्षेत्रका पत्रकारहरुको संस्था लुम्बिनी प्रेस क्लबसँग सहकार्य गरी पत्रकारिता अक्षयकोष स्थापना गर्न लागेको हो । यो अक्षयकोषबाट नगरपालिकाले वर्षेनि उत्कृष्ट पत्रकारलाई सम्मान गर्ने र बाँकी रकमबाट पत्रकारहरुलाई भैपरी आउने समस्या सहयोग गरिनेछ । भाषा, संस्कृति र कला अक्षयकोष सिद्धार्थ साहित्य परिषद्सँगको सहकार्यमा स्थापना गर्न लागिएको हो । यो कोषबाट पनि भाषा, संस्कृति तथा कला साहित्यको क्षेत्रमा योगदान गर्नेलाई सम्मान गरिनेछे । नगरपालिकाले कार्यविधि बनेपछि छुट्टै बैंक खाता खालेर अक्षयकोषको रकम जम्मा गर्ने छ र उक्त रकमको ब्याजबाट सहयोग उपलब्ध गराइने छ ।
अक्षयकोष बाहेक नगरपालिकाले आव २०७६÷०७७ मा खेलकुद क्षेत्रमा ३३ लाख बजेट विनियोजन गरेको छ । फुटबल खेलका लागि २० लाख, विभिन्न खेलकुद संचालनका लागि माछापुच्छ«े क्लबलाई १ लाख, भैरव क्लबलाई ५० हजार छुट्याएको छ । यस्तै, महिला उपमेयर कप संचालन गर्न ५ लाख, व्याडमिन्टन खेलका लागि १ लाख ५० हजार र अन्य विविध खेलकुद शीर्षकमा ५ लाख रुपैयाँ विनियोजन गरिएको उपप्रमुख उमा काफ्लेले जानकारी दिइन् । यी खेलुकद संचालन गर्न नगरपालिकाले नगरस्तरीय खेलुकद समिति गठन गरी सोहीमार्फत् खेल संचालन गर्ने जनाएको छ ।

≪ Previous Post

गुल्मी पहिरो ः बर्षाले उद्दार र राहत वितरणमा समस्या

Next Post ≫

पामिरमा वित्तीय साक्षरता कार्यक्रम

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क