Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ शाइन रेसुङ्गा बैंक आफ्नै भवनमा
नेपाल प्रेस युनियनको विकास पत्रकारिता तालिम समापन

नेपाल प्रेस युनियनको विकास पत्रकारिता...

प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
बिना दर्ता संचालित भैरहवाका आठ क्लिनिक र दुई ल्याब बन्द

बिना दर्ता संचालित भैरहवाका आठ...

अपराध अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
ज्यान मार्ने र बैकिङ कसूर मुद्धाका दुईजना फरार प्रतिवादी पक्राउ

ज्यान मार्ने र बैकिङ कसूर...

अपराध अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

शाइन रेसुङ्गा बैंक आफ्नै भवनमा

संसारपोस्ट संवाददाता · १० फाल्गुन २०७७ · 0
शाइन रेसुङ्गा बैंक आफ्नै भवनमा
50
SHARES
ShareTweet

समुदायको पहिलो रोजाई बन्ने बैंकको लक्ष्य
बुटवल, १० फागुन । बुटवलमा केन्द्रीय कार्यालय रहेको शाइन रेसुंगा डेभलपमेन्ट बैंकले आफ्नो प्रतिष्पर्धा समग्र बैंकिङ क्षेत्रसँग रहेको दावी गरेको छ ।
आफ्नो प्रतिष्पर्धा विकास बैंकहरुसँग मात्र नभै सम्पूर्ण बैंकिङ क्षेत्रसँग रहेको र समुदायले खोजे जस्तो बैंकको रुपमा अगाडि बढाउने बैंकको दावी छ । करिब १२ बर्ष अघि स्थापना भएको बैंकले समुदायको भावना र चाहना अनुसार अगाडि बढाउदै आएको बताएको छ । १२ औं वार्षिकोत्सवको अवसरमा बैंकले बुटवलको कालिकानगरमा नव निर्मित भवनबाट सेवा प्रवाह शुरु गर्न लागेको छ । बैंकले सोमबार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले बैंक समुदायको हित भन्दा बाहिर नजाने र समुदायले खोजे जस्तो बैकको रुपमा लैजाने बताउनुभयो । उहांले राष्ट्रकै अग्रणी विकास बैंक बन्ने लक्ष्यका साथ बैंक अगाडि बढेको जानकारी दिनुभयो ।
बैकका अध्यक्ष थानेश्वर पौडेलले १२ बर्षअघि छ करोड पु्ंजीबाट सुरु गरिएको बैंकको चुक्ता पुंँजी तीन अर्व ४० करोड र जगेडा कोष ७२ करोड गरी चार अर्व १२ करोड पुगेको जानकारी गराउनुभयो । बैंकमा हाल ३३ अर्व १२ करोड निक्षेप रहेको र ३० अर्व ५० करोड कर्जा प्रवाह गरिएको तथा चार लाख २३ हजार ग्राहक रहेको बैंकले जनाएको छ । बैंकका अध्यक्ष पौडेलका अनुसार बैंकको काठमाडौंमा तीनवटा सहित देशभर ७८ वटा शाखा कार्यालय र तीन वटा एक्स्टेन्सन काउण्टर रहेका छन् । लुम्बिनी प्रदेशमा शाखा संख्या, निक्षेप संकलन, कर्जा लगानी, ग्राहक संख्या सबै हिसाबले शाइन रेसुंगा बैंक एक नम्बरमा रहेको छ ।
अध्यक्ष पौडेलले बैंकले कुल कर्जाको २४.६९ प्रतिशत लगानी उत्पादनशील क्षेत्रमा र १०.९९ प्रतिशत लगानी कृषि क्षेत्रमा गरेको जानकारी दिनुभयो । बैंकले यसअघि अनुमति लिदा लुम्बिनीका तीन जिल्लालाई कारोवार र शाखा सञ्चालन गर्ने गरी अनुमति लिएकोमा राष्ट्र बैंकको निर्देशन अनुसार गुल्मीको रेसुंगा बिकास बैंक,प्युठानको गौमुखी विकास बैंक, भैरहवाको पुर्णिमा बिकास बैंक र नेपालगन्जको भार्गव बिकास बैंकलाई मर्ज गरी राष्ट्रिय स्तरको बिकास बैंक बनेको अध्यक्ष पौडेलले बताउनुभयो । त्यसैगरी बैकमा २७२ महिला र ३३५ जना महिला गरी ६०७ कर्मचारी तथा १६७ जना सुरक्षागार्ड गरी ७७४ जनाले रोजगारी प्राप्त गरेका छन् । बैंकको लुम्बिनी प्रदेशका १० जिल्लामा (रोल्पा र रुकुम बाहेक) ६८ वटा शाखा कार्यालय र १ वटा एक्सटेन्सन कार्यालय, वागमती प्रदेशको चितवनमा १, काठमाण्डौमा ३, गण्डकी प्रदेशको बाग्लुङ्गमा १ गरी ७३ वटा शाखा कार्यालयहरु र १ वटा एक्सटेन्सन कार्यालय सञ्चालनमा रहेका छन् भने काठमाडौमा २ वटा, पोखरामा १ वटा, सुदुर पश्चिम प्रदेशको धनगढीमा १ र महेन्दनगरमा १ शाखा कार्यालयको भौतिक संरचना निर्माण भई रहेको प्रमुख कार्यकारी अधिकृत पौडेलले बताउनुभयो ।
बैंकको ४ लाख २३ हजार भन्दा बढी ग्राहकहरु रहेका छन् । नेपाल राष्ट्र बैंकले कूल कर्जाको कम्तीमा १६ प्रतिशत उत्पादनशील क्षेत्रमा लगानी गर्नुपर्ने नीतिगत ब्यवस्था गरेकोमा बैंकले २०७७ पौष मसान्तसम्ममा उत्पादनशील क्षेत्रमा कूल कर्जाको २४.६९ प्रतिशत लगानी गरेको छ भने कृषि लगायत ब्याज अनुदानमा आधारित कर्जा १०.९९ प्रतिशत कर्जा प्रवाह गरेको छ ।
बैंकले लघु, घरेलु तथा साना उद्यम १५ लाखसम्मका उद्यम, व्यापार व्यावसाय कर्जा अन्तर्गत ३०४ जना ऋणीलाई रु. २४ करोड ५ प्रतिशत व्याज दरमा प्रदान गरिएको छ ।
महिला उद्यमी, फरक ढंगले सक्षम व्यक्तिले सञ्चालन गरेका उद्यम व्यावसाय, प्राकृतिक प्रकोपवाट प्रभावित क्षेत्रमा ६ जना ऋणीलाई रु. ४ करोड १९ लाख ३ प्रतिशत ब्याज दरमा विशेष पुनरकर्जा प्रदान गरिएको छ ।
साधारण पुनरकर्जा अन्तर्गत ७२ जना ऋणीलाई रु. ६४ करोड ६ लाख ५ प्रतिशत ब्याजदरमा प्रदान गरिएको छ । समाजसंगै बैंक भन्ने अभियान अन्तर्गत संस्थागत सामाजिक क्षेत्र अन्तर्गत वित्तीय जागरण, दुर्घटना न्यूनीकरण, सरसफाई तथा वातावरण संरक्षण, बृक्षारोपण, शैक्षिक क्षेत्र, स्वास्थ्य उपचार लगायतका क्षेत्रहरुमा बैंकले आफूलाई जोडेको प्रमुख कार्यकारी अधिकृत पौडेलले बताउनुभयो ।
पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष यानेन्द्र जीसीले शाइन रेसुंगा बैंकले ब्यवहारमै लुम्बिनी प्रदेशवासीको बैंकको पहिचान बनाएको चर्चा गर्दै पत्रकार महासंघ रुपन्देहीमा तीन लाख रुपैयांको पत्रकारिता पुरस्कार अक्षयकोष समेत स्थापना गरेर पत्रकारिताको विकासमा समेत सहकार्य गरेको उल्लेख गर्नुभयो

≪ Previous Post

पूर्व अध्यक्ष श्रेष्ठ, पत्रकार ज्ञवाली सहित ६ जना उद्योगी व्यबसायी बुटवल उवासंघद्वारा सम्मानित

Next Post ≫

बुटवलको राष्ट्रपति रनिङ शिल्डमा कालिका मानव ज्ञान प्रथम

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क