Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ पूर्व अध्यक्ष श्रेष्ठ, पत्रकार ज्ञवाली सहित ६ जना उद्योगी व्यबसायी बुटवल उवासंघद्वारा सम्मानित
शँकरनगर सामुदायिक वनमा कृषि वन नर्संरी तथा जलवायु परिवर्तन सम्वन्धि कार्यशाला

शँकरनगर सामुदायिक वनमा कृषि वन...

अर्थ पर्यटन प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
बुटवलका संस्थागत विद्यालयमा अध्ययनरत ३४४ जना विद्यार्थीले पाउने भए निःशुल्क छात्रवृत्ति

बुटवलका संस्थागत विद्यालयमा अध्ययनरत ३४४...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
धनुषामा वडा अध्यक्ष यादवको गोली हानी हत्या

धनुषामा वडा अध्यक्ष यादवको गोली...

अपराध प्रदेश प्रदेश २ प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

पूर्व अध्यक्ष श्रेष्ठ, पत्रकार ज्ञवाली सहित ६ जना उद्योगी व्यबसायी बुटवल उवासंघद्वारा सम्मानित

संसारपोस्ट संवाददाता · १० फाल्गुन २०७७ · 0
पूर्व अध्यक्ष श्रेष्ठ, पत्रकार ज्ञवाली सहित ६ जना उद्योगी व्यबसायी बुटवल उवासंघद्वारा सम्मानित
130
SHARES
ShareTweet

बुटवल, १० फागुन । बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीले संघको बार्षिक साधारण सभाको अवसरमा संघका पूर्व अध्यक्ष, पत्रकार, सञ्चार संस्था तथा विभिन्न क्षेत्रमा उत्कृष्ट योगदान पुर्याएका उद्योगी ब्यवसायीलाई सम्मान एबं पुरस्कृत गरेको छ ।
२०१० साल फागुन १० गते स्थापना गरिएको बुटवल उद्योग बाणिज्य संघको सोमबार भएको ६७ औं वार्षिक साधारण सभा तथा २४ औं अधिवेशनको उद्घाटन समारोहमा संघले पूर्व अध्यक्ष हिराप्रसाद श्रेष्ठलाई सम्मान गरेको छ । पूर्व अध्यक्ष श्रेष्ठले संघको श्रीबृद्धिमा पु¥याएको योगदानको उच्च मुल्यांकन गर्दै संघले ६८ औं स्थापना दिवसमा सम्मान गरेको हो । सोही अवसरमा पूर्व अध्यक्ष श्रेष्ठकी धर्मपत्नी सीतादेवी श्रेष्ठलाई कदर पत्र प्रदान गरिएको थियो ।
पूर्व अध्यक्ष श्रेष्ठ र उहांकी धर्मपत्नीलाई नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले कदर पत्र सहित दोसल्ला ओढाएर सम्मान गर्नुभएको हो । साधारण सदस्यबाट उद्योग बाणिज्य संघमा प्रवेश गर्नुभएका श्रेष्ठ कार्यसमिति सदस्य, कोषाध्यक्ष, सचिव हुँदै २०४८ देखि ०५३ सम्म दुई कार्यकाल अध्यक्ष भएर संघको नेतृत्व सम्हाल्नु भएको थियो ।

त्यसै अवसरमा संघले प्रत्येक तीन वर्षमा प्रदान गर्दै आएको आर्थिक पत्रकारिता पुरस्कार यो वर्ष युवा पत्रकार कपिल ज्ञवालीलाई प्रदान गरिएको छ । आर्थिक बिकासको क्षेत्रमा कलम चलाउने पत्रकारलाई सम्मानको लागि स्थापना गरिएको उक्त पुरस्कार रुपन्देहीलाई कार्यक्षेत्र बनाएर पत्रकारित गर्दै आएका पत्रकार ज्ञवालीलाई प्रदान गरिएको हो । उहाँलाई नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले कदर पत्र सहित दोसल्ला आढाएर उक्त पुरस्कार प्रदान गर्नुभएको हो । सो पुरस्कारको राशी २५ हजार रुपैंया रहेको छ । पत्रकार ज्ञवाली बुटवलको बुद्ध टेलिभिजनमा कार्यरत हुनुहुन्छ ।
त्यस्तैगरी संघले संस्थागत रुपमा बुटवलबाट प्रकाशित हुने बुटवल टुडे दैनिक पत्रिकालाई सम्मान गरेको छ । यसै अवसरमा संघले उद्योग, व्यापार, कृषि, सेवा क्षेत्र र महिला गरी ५ विधामा उत्कृष्ट उद्योगी व्यबसायीलाई समेत सम्मान गरेको छ । संघले उद्योग तर्फ बुटवल उपमहानगरपालिका ५ ट्राफिकचोकको ब्यलाक फरेष्ट, बाणिज्य तर्फ बुटवल ११ कालिकानगरको जयकृष्ण ट्रेडिङ्, बुटवल ५ अमरपथको एच आई ट्रेनिङ् सेन्टर, सेवातर्फ बुटवल ९ को क्लव डेनोभो, कृषितर्फ सियारी गाउँपालिका छपियाको द सिल्भर ग्रीन फिसरी एण्ड एग्री कल्चर र महिलातर्फ बुटवल ९ सितलकुञ्जको इन्टरटेक प्रा.लि.लाई सम्मान गरिएको हो ।
आर्थिक पत्रकारिता पुरस्कार प्रदान गर्ने पत्रकार छनौटको लागि पूर्व अध्यक्ष अर्जुनमान सैंजु र उद्योगी व्यबसायी सम्मानको लागि पूर्व अध्यक्ष नवराज श्रेष्ठको संयोजकत्वमा समिति गठन गरिएको थियो । त्यसै अवसरमा संघका पूर्वअध्यक्षहरुलाई समेत सम्मान गरिएको थियो । संघको स्थापना दिवसकै अवसरमा बुटवल माध्यमिक बिद्यालयलाई १० थान डेस्कबेन्च प्रदान गरिएको छ ।

≪ Previous Post

बुटवल उद्योग वाणिज्य संघको ६७ औं वार्षिक साधारण सभा

Next Post ≫

शाइन रेसुङ्गा बैंक आफ्नै भवनमा

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क