Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ नेपाल भ्रमण वर्ष २०२० ः फागुनमा पर्यटन लगानी सम्मेलन
तिलोत्तमामा ३५ औं झरना रनिङ शिल्ड फुटबल शुरु : उद्घाटन खेलमा सम्पूर्ण युवा क्लब विजयी

तिलोत्तमामा ३५ औं झरना रनिङ...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
चीनसंगको मित्रताबाट लाभ लिन नेपाल चुक्यो : प्रदेश प्रमुख शेरचन

चीनसंगको मित्रताबाट लाभ लिन नेपाल...

प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
बुटवल उद्योग वाणिज्य संघमा चुनावी सरगर्मी : हरिप्रसाद अर्यालको समावेसी समूहद्वारा उम्मेदवारी घोषणा

बुटवल उद्योग वाणिज्य संघमा चुनावी...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

नेपाल भ्रमण वर्ष २०२० ः फागुनमा पर्यटन लगानी सम्मेलन

संसारपोस्ट संवाददाता · ६ श्रावण २०७६ · 0
नेपाल भ्रमण वर्ष २०२० ः फागुनमा पर्यटन लगानी सम्मेलन
90
SHARES
ShareTweet


काठमाडौँ, ६ साउन । नेपालको पर्यटन क्षेत्रमा लगानी प्रवद्र्धन गर्ने उद्देश्यले आगामी फागुनमा पर्यटन लगानी सम्मेलन काठमाडौँमा आयोजना गरिने भएको छ ।
नेपाल भ्रमण वर्ष २०२० को अवसर पारेर भ्रमण वर्ष सचिवालयले पर्यटन लगानी सम्मेलन गर्ने तयारी गरेको हो । पर्यटनमा लगानीको दुई पक्षीय सम्झौता गर्ने गरी लगानी सम्मेलन आयोजना गर्न लागिएको भ्रमण वर्ष अभियानका राष्ट्रिय कार्यक्रम संयोजक सुरज वैद्यले जानकारी दिनुभयो । एशियाली विकास बैंक, विश्व बैंक र इन्टरनेशनल फाइनान्स कर्पोरेसन (आइएफसी)सँगको साझेदारीमा पर्यटन लगानी सम्मेलन गरिनेछ । “यो विगतका लगानी सम्मेलन भन्दा फरक हुन्छ, लगानी अवसर र सम्भावना सुनाउने मात्र हैन लगानी सम्बन्धी सम्झौता र प्रतिबद्धता आउने गरी सम्मेलन गर्ने तयारीमा छौ”, संयोजक वैद्यले भन्नुभयो ।
सम्मेलनमा छिमेकीमूलुक भारत र चीनका अलावा युरोप, मध्यपूर्वी एशियालगायत मुलुकबाट पनि लगानीका लागि व्यवसायी आउने जनाइएको छ । पर्यटनको कुन क्षेत्रमा कस्तो लगानी गर्ने भनेर सातवटै प्रदेशका मुख्यमन्त्री र निजी क्षेत्रसँग छलफल गरिएको छ । संयोजक वैद्यका अनुसार दुई÷तीन चरणको छलफल भइसकेका छ ।
तुलनात्मक रुपमा कम पर्यटक आउने प्रदेश नं– २ लाई नेपालको अध्यात्म पर्यटनको गन्तव्यको रुपमा विकास गर्ने लक्ष्यसहित प्रवद्र्धनको गतिविधि बढाइनेछ । जनकपुरको जानकी मन्दिर बाहेक अन्य महत्वपूर्ण धार्मिक क्षेत्र छन् । जैन धर्मका २४ वटा भगवानमध्ये एक त्यही जन्मेको पाइएको छ । प्रदेश सरकारलाई मन्दिरका लागि जग्गा माग गरिएको र त्यहाँ ठूलो जैन मन्दिर निर्माण गरिएमा धार्मिक पर्यटन बढ्ने सम्भावना रहेको वैद्यको भनाइ थियो । गुरु नानकको पनि मन्दिर बनाएर पर्यटन प्रवद्र्धन गर्ने योजना रहेको छ ।
प्रदेश नं– ५ मा पर्यटकीय पूर्वाधार तारे होटल, सपिङ सेन्टर, अध्यात्म केन्द्र आदि सञ्चालन गर्न सरकारसँग ५० वर्षको लागि जग्गा भाडामा दिलाउन माग गरिएको संयोजक वैद्यले जानकारी दिनुभयो । उक्त क्षेत्रमा जग्गाको सुनिश्चितता भए पर्यटन लगानी सम्मेलनबाटै लगानी भित्र्याउने योजना बनाइएको छ ।
अहिले मध्यपूर्वी मुलुकका लगानीकर्ताले नेपालको पर्यटन क्षेत्रमा लगानीका लागि चासो देखाएका छन् । पर्यटन लगानी सम्मेलन अघि मुलुकको एक मात्र त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलको सुधार गरी आतिथ्य सत्कारको नमूना प्रस्तुत गरिने संयोजक वैद्यले बताउनुभयो । रासस

≪ Previous Post

बाढीपहिरो, चट्याङ, आगलागी, हावाहुरी, सर्पदङ्शलगायतका विपदमा १९५ को मृत्यु

Next Post ≫

आज पुष्पलाल श्रेष्ठको स्मृति दिवस मनाइँदै

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क