संसार पोष्ट
तिलोत्तमा, ४ साउन । विपि विचार राष्ट्रिय समाज तिलोत्तमा नगर समिति रुपन्देहीले शनिबार शँकरनगर बन बाटिकामा बृक्षारोपण गरेको छ । नेपाली काँग्रेसका संस्थापक तथा विपि कोइरालाको ३७ औं स्मृति दिवसको अवसर पारेर बृक्षारोपण गरेको हो ।
समाजले शँकरनगर सामुदायिक वन मातहत रहेको शँंकरनगर वन बिहार तथा अनुसन्धान केन्द्र अन्तर्गत विपि बाटिकामा करिव एक सय वटा बिरुवा रोपेको छ । सो अवसरमा आयोजित कार्यक्रममा नेपाली काँग्रेस रुपन्देहीका सभापति अब्दुल रज्जाक, सचिव रामकृष्ण खाँण, जिल्ला सदस्य हरि तिवारी, पूर्व उपसभापति मनोरमा शेरचन, महाधिवेशन प्रतिनिधि कुलप्रसाद लामिछाने, विपि बिचार समाजका जिल्ला अध्यक्ष शरद भट्टराई, समाजका सल्लाहकार हरि न्यौपाने, युवा नेता बिष्णु पोखरेल, विपि चिन्तन प्रतिष्ठान रुपन्देहीका सभापति रोमणि प्रसाद पाठक, क्षेत्रीय सचिव माधवलाल देवकोटा लगायतले बोल्दै बिपिले नेपालको प्रजातन्त्रिक आन्दोलनमा खेलेको भूमिका र वर्तमान सन्दर्भमा विपिको सान्दर्भिक्ता बढेर गएको बताउनु भयो ।
बिचार समाजका नगर अध्यक्ष कल्याण पौडेलको अध्यक्षता, उपसभापति यमलाल पाण्डेको स्वागत र सचिव दिनमणि पँगेनीको सञ्चालनमा कार्यक्रम भएको थियो ।