बुटवल १४ असोज
रुपन्देही जिल्ला बुटवल उपमहानगर पालिका १० बस्ने बर्ष ७६ को दिपेन्द्र शाहीले आफ्नै घरको आफु सुत्ने कोठामा आफ्नै घाँटीमा हसिया प्रहार गरी ज्यान लिएका छन । यही असोज १२ गते शाहीले आफु सुत्ने कोठामा आफ्नै घाँटीमा हसियाले हानि घाईते भई उपचारको लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा लगेकोमा त्यहाँ उपचार हुन नसकेपछि थप उपचारको लागी मेडिकल कलेज भैरहवा रिफर गरिएको थियो ।
उपचारको क्रममा भैरहवा मेडिकल कलेजमा गए राती २ वजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
शाहीको स्वाब परिक्षण गर्दा कोरोना पोजेटिभ रिपोर्ट आएको भैरहवा मेडिकल कलेजले जनाएको भन्दै जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी तथा प्रनाउ खड्क बहादुर खत्रीले बताउनु भयो ।
यसैबीच रूपन्देही लुम्बिनी सास्कृतिक नगरपालिका पर्सहवा नजिकै भारतवाट चोरी गरि नेपाल ल्याउदै गरेको ना.४ च. ३८५४ नम्बरको महिन्द्रा पिकअप सहित ३८ वटा खसी बोका प्रहरीले बरामद गरेको छ ।
प्रहरीले बरामद गरेको उक्त पिकअप जिप सहित खसी बोका बुधवार भैरहवा भन्सार कार्यालय बेलहिया पठाईएको सूचना अधिकारी खत्रीले बताउनु भयो ।
