सैनामैना, १ साउन । सैनामैना नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद भण्डारीले स्थानीय एक विद्यालयलाई सहयोग प्रदान गर्नुभएको छ ।
आफुले कमाएको केही अंश सामाजिक कार्यमा लागउनु पर्छ भन्ने मान्यतालाई आत्मसाथ गर्दै प्रमुख प्रशासकीय अधिकृत भण्डारीले बुधबार सैनामैना ८ स्थित सुस्त मनस्थिति बिद्यालयलाई ब्यतिmगत रुपमा आर्थिक सहयोग प्रदान गर्नुभएको हो ।
हिन्दु धर्मले पनि आफुले कमाएको केही प्रतिशत दान गर्नु पर्छ भनेको र आफु पनि हिन्दु धर्मावलम्वी भएकाले सोहि मान्यता अनुसार साउने संक्रान्तिको अवसरमा विद्यालयलाई सहयोग गरेको भण्डारीले बताउनुभयो । हामीले गरेको सानो सहयोगले असहाय तथा अनाथ बालबालिकाको रेखदेखमा केही राहत हुने भएकाले विद्यालयलाई अर्थिक सहयोग गरेको समेत भण्डारीले बताउनु भयो ।
कार्यक्रममा विद्यालयका अध्यक्ष रामप्रसाद अधिकारीले नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतले स्वतस्फुर्त रुपमा विद्यालयलाई आर्थिक सहयोग गरेर मानविय र उदाहरणिय काम गरेको भन्दै धन्यबाद ज्ञापन गर्नुभयो । सबैको सहयोगले बिद्यालय संचालन गर्न सफल भएको बताउदै अधिकारीले सबैलाई सहयोग गर्न समेत आग्रह गर्नुभयो ।
