बुटवल, १ साउन । सिर्जनशिल संस्था नेपालको आयोजनामा बुटवलमा संचालित बालविवाह विरुद्ध सशक्तिकरण तालिम सम्पन्न भएको छ । असार २३ गते देखि १० दिनसम्म बुटवलको मेरिगोल्ड होटेलमा संचालन गरिएको तालिम बुधबार समापन गरिएको हो ।
रुपन्देहीका जिल्लाका सैनौना नगरपालिका तथा शुद्धोधन, कञ्चन र सियारीलगायतका गाउँपालिकाका २० जना किशोरीहरु उक्त शशक्तिकरण तालिममा सहभागि भएका थिए ।
सिर्जनशिल संस्थाकी अध्यक्ष प्रतिमा शर्माले किशोरीहरुलाई बालविवाहबारे अभिभावक संग अन्तरक्रिया गर्न, बालविवाहबाट उत्पन्न हुने तनाव व्यवस्थापन गर्न, जीपनोपयोगी सीप तथा नेतृत्व विकास लगायतका बिषयमा सहजिकरण गर्नुभएको थियो ।
समापन कार्यक्रममा बोल्दै अध्यक्ष शर्माले किशोरीहरुले तालिमबाट सिकेका कुराले वालविवाहका वास्तविक पिडितहरुका कुराहरुलाई बाहिर ल्याउन सहजकर्ताको भूमिका खेल्न सक्ने विश्वास ब्यक्त गर्नुभयो ।
कार्यक्रम संयोजक मिना कँडेलले तालिममार्फत आफूले सिकेका कुराहरुलाई समाज परिवर्तनको लागि उपयोग गर्न प्रशिक्षार्थीहरुलाई आग्रह गर्नुभयो ।
प्रशिक्षार्थी सैनामैनाकी विना गुरङले कार्यक्रमले आफूहरुलाई नेतृत्वदायी क्षमताको विकासमा निकै मद्धत पु¥याएको बताउनुभयो । संथाकी महासचिव विजु पौडेलको संचालन रहेको कार्यक्रममा संस्थाका सदस्य कल्पना ढकाल, सिता खनाल, सपना श्रेष्ठ, निरु ढकाललगायतले भनाई राख्नुभएको थियो ।
