Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ भिसिटिएस र सामाजिक सुरक्षा ऐनको बिरोधमा ब्यवसायी सडकमा
३५ औं झरना कप फुटबल : लिस्नुलाई पराजित गरी भूपू सैनिक क्लव सालघारी अघिल्लो चरणमा

३५ औं झरना कप फुटबल...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
विद्युत प्राधिकरणको ट्रंकलाइन विलिङ : उद्योगी ब्यवसायीले भने ट्रंकलाइनको बक्यौता तिर्दैनौ

विद्युत प्राधिकरणको ट्रंकलाइन विलिङ :...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
बुटवलमा बजार अनुगमन : ७१२ रुपैयां प्रतिकिलोको जिरा मसला १३ सयमा विक्री

बुटवलमा बजार अनुगमन : ७१२...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago

भिसिटिएस र सामाजिक सुरक्षा ऐनको बिरोधमा ब्यवसायी सडकमा

संसारपोस्ट संवाददाता · १ श्रावण २०७६ · 0
भिसिटिएस र सामाजिक सुरक्षा ऐनको बिरोधमा ब्यवसायी सडकमा
80
SHARES
ShareTweet


भैरहवा, १ साउन । भेइकल एण्ड कन्साइनमेन्ट ट्रयाकिङ सिस्टम (भिसिटिएस) र योगदानमा आधारित सामाजिक सुरक्षा ऐनका नियमहरु अव्यवहारिक भएको भन्दै रुपन्देहीका उद्योगी व्यवसायीले विरोध जनाएका छन् । भिसिटिएस प्रणाली र योगदानमा आधारित सामाजिक सुरक्षा ऐनका नियमहरु अव्यवहारिक भएको भन्दै उनीहरुले भैरहवामा विरोध ¥याली समेत निकालेका छन् ।
सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देहीको अगुवाइमा विरोध ¥याली निकालिएको हो । सरकारले प्रणालीगत सुधार नगरी भेइकल कन्साइनमेन्ट ट्रयाकिङ सिस्टम लागू गर्न लागेको भन्दै उद्योगी व्यवसायीहरुले विरोध गरेका हुन् ।
साउन १ गते देखि अनलाइनमा आधारित सूचना प्रणालीमा विवरण नभरी सामान ओसारपसार गर्न नपाइने नियम राजस्व अनुसन्धान विभागले सुरु गरेको छ ।
बिना तयारी ल्याइएकोे नियमहरु एकै पटक लागु गरेर जाँदा अव्यवहारिक हुने तथा त्यस्ता प्रावधानले समग्र उद्योग व्यवसाय क्षेत्र नै धरासायी र बन्द हुने अवस्थामा पुग्ने सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष कुलप्रसाद न्यौपानेले बताउनुभयो । साउन १ गते देखि अनिवार्य रुपमा उद्योगी व्यवसायीलाई प्रत्यक्ष असर पार्ने गरी बिना तयारी ल्याइएकोे सबै श्रमिकको अनिवार्य प्यानमा दर्ता गरिनुपर्ने अन्यथा खर्च मान्य नहुने, अनिवार्य सामाजिक सुरक्षा कोषमा सूचीकरण हुनुपर्ने र उद्योगी व्यवसायी तथा ढुवानी व्यवसायीलाई लागु भएको भेइकल एण्ड कन्साइनमेन्ट ट्रयाकिङ सिस्टम (भिसिटिएस) अनिवार्य प्यान, सामाजिक सुरक्षा कोष लगायतका ऐन नियमहरु तत्काल लागू गर्न कठिन हुने न्यौपाने बताउनुभयो ।
समस्या समाधानको लागि संघले सम्बन्धित निकायमा संशोधनको लागि आवश्यक निर्देशन गर्न रुपन्देहीका प्रमुख जिल्ला अधिकारी अर्जुनप्रसाद पोखरेलमार्फत प्रधानमन्त्री केपी ओलीलाई १६ बुंदे सुझावहरु समेटिएको ज्ञापनपत्र बुझाएको छ ।
योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा रकम जम्मा गर्ने सम्बन्धमा सरकारको समेत सहभाागिता हुनुपर्ने, उद्योगी व्यवसायीको पूँजी र कार्यरत श्रमिकको आधारमा उद्योगको वर्गिकरण गरी मापदण्ड बनाई क्रमिक रुपमा ठूला उद्योगबाट लागू गर्दै जाने व्यवस्था गरिनुपर्ने, अस्थायी, दैनिक ज्यालादारी र करारमा कार्यरत श्रमिकहरुलाई यस कोषमा सहभागिताका लागि बाध्यात्मक गर्न नहुने, तेस्रो मुलुकका कामदार राखे वापत जम्मा गर्नुपर्ने वार्षिक रु १५ देखि २० हजार रकम घटाइनुपर्ने, भारतीय मूलका श्रमिकहरुलाई सूचीकृत गर्ने व्यवस्था सरल र स्थानीयस्तरबाटै हुनुपर्ने उद्योगी व्यवसायीको माग छ ।

≪ Previous Post

चिराइ नदिले नेपाल भारत सिमाका चार पिल्लर बगायो

Next Post ≫

विना गल्ती चालकलाई कारागार चलान गरिएको भन्दै यातायात मजदुर आन्दोलित

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क