भैरहवा, ८ भदौ । रोटरी क्लब अफ सेन्टर लुम्बिनीले रोटरियनहरुको भूमिका अझ फराकिलो तथा विषम परिस्थितिमा आफ्ना गतिबिधि प्रभावकारी बनाउने उद्देश्यले उत्प्रेणात्मक कार्यक्रम गरेको छ । कार्यक्रममा रोटरी नपुगेका दुर्गम क्षेत्रमा रोटरी पुर्याउने र त्यस्ता स्थानहरुमा समुदायको आवश्यक्तालाई प्राथमिक्तामा राखेर काम गर्नुपर्ने विषयमा छलफल गरिएको थियो ।
रोटरी क्लब सन्ेटर लुम्बिनीका अध्यक्ष डा.हिरा शाहको अध्यक्षतामा भएको कार्यक्रममा रोटरी डिष्ट्रिक मेम्बरसिप कमिटि चियर मन्जु कार्कीले प्रशिक्षण दिनुभएको थियो । भर्चुअल माध्यम मार्फत सम्पन्न उक्त कार्यक्रममा ५१ जना रोटरियन अगुवाहरुको सहभगिता रहेको थियो । त्यस्तै नयाँ रोटरी क्लब बिकासको लागि नेपालगन्जबाट १० र जाजरकोटबाट ६ जनाको सहभागिता रहेको आयोजक संस्था सेन्टर लुम्बिनीका अध्यक्ष डा. शाहले जानकारी दिनुभयो ।
