बुटवल ५ भाद्र
रुपन्देही र गुल्मीमा छुट्टाछुट्टै घटनामा ३ जना मृत्यु भएको छ । ।रुपन्देहीको जगदम्बा धागो उद्योगमा काम गर्ने वर्ष २३ को कमल खाँम्चाको चार तल्ले भवनको छतबाट खस्दा मृत्यु भएको छ । पाल्पा जिल्ला रिब्दिकोट गाउँपालिका वडा नम्बर ८ घर भई हाल जिल्ला रुपन्देही मायादेबी गाउँपालिका वडा नम्बर ३ मा रहेको जगदम्बा धागो उद्योगमा काम गर्ने खाँम्चा आफु बस्ने डेराको चार तल्ले भवनको छतबाट खस्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । त्यस्तै गुल्मी जिल्लाको मालिका गाउँपालिका–७ घमिरको लक्ष्मी होटलमा सोही वडाका ३६ वर्षिय बक बहादुर विक मृत भेटिएका छन । गए रातिदेखि अत्याधिक मदिरा सेवन गरेका वि.क. बिहान मृत अवस्थामा भेटिएको होटल सञ्चालकलाई उदृत गर्दै गुल्मी प्रहरीले जनाएको छ ।
त्यस्तै जिल्लाको इस्मा गाउँपालिका वडा नम्बर–२ पालुवामा पनि एक पुरुषको शव फेला परेको छ । सोही वडाका वर्ष ३१ वर्षिय चुरा बहादुर कुंवर घरदेखी करिब १ एक सय ५० मिटर पर आफनै बारीमा मृत अबस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक केदार पन्थले बताउनु भयो । कुंवरले पनि गएराति देखी अत्याधिक मदिरा सेवन गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।