बुटवल, १३ साउन । पश्चिमाञ्चल यातायात व्यवसायी समितिले दुर्घटना विमा वापतको १० लाख रुपैयां कर्मचारीको परिवारलाई प्रदान गरेको छ ।
समितिमा कार्यरत चौकी ईन्चार्ज गणेश अधिकारीको कार्यालयको कामको दौरानमा गत वर्ष असौज १७ गते बुटवल १२ ढवाहामा मोटरसाईकल दूर्घटनामा परि मृत्यु भएको थियो । कर्मचारी दूर्घटना बीमा वापत नेको ईन्सोरेन्समा गरिएको बीमा रकम आएसंगै समितिले मंगलवार एक कार्यक्रमको आयोजना गरी समितिले अधिकारीकी श्रीमती विवु अधिकारीलाई बिमा वापतको रकम प्रदान गरेको हो ।
समितिको चौकी ईन्चार्जका रुपमा कार्यरत ४३ वर्षिय अधिकारीका एक छोरा, एक छोरी र श्रीमती छन् ।
समितिका अध्यक्ष यमप्रसाद पाण्डे, वरिष्ठ उपाध्यक्ष प्रताप बहादुर कार्की, महासचिव जित बहादुर भाट, सचिव बसन्त खड्का, सेक्टर उपाध्यक्ष डिल्लीराम रिजाल, कार्यालय प्रमुख बावुराम अधिकारीलगायत समितिका सदस्य तथा कर्मचारीहरुको उपस्थितिमा बिमा रकम प्रदान गरिएको हो ।
यस अघि समितिको तर्फवाट कर्मचारीलाई गरिदिएको बिमावाट १ लाख र समितिमा कार्यरत कर्मचारी युनियनले गरिदिएको बिमावाट पनि १ लाख रुपैयां समेत अधिकारीको परिवारलाई प्रदान गरिएको अध्यक्ष पाण्डेले बताउनु भयो ।
