Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ ढुवानी साधनको अनुगमन अब अनलाईन प्रणालीबाट
जनमत पार्टीकी लुम्बिनी प्रदेश सांसद गीता गुरुङद्वारा सांसद पदबाट राजीनामा

जनमत पार्टीकी लुम्बिनी प्रदेश सांसद...

प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
अबैध माटो उत्खनन् तथा ओसारप्रसा कार्यमा संलग्न जेसिवी र टिप्पर नियन्त्रणमा

अबैध माटो उत्खनन् तथा ओसारप्रसा...

अपराध अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएशनद्वारा हिमाली जिल्लाका धार्मिक तथा पर्यटकीय क्षेत्रको अध्ययन अवलोकन

पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएशनद्वारा हिमाली...

अर्थ धर्म/सस्कृति पर्यटन प्रदेश प्रदेश ४ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

ढुवानी साधनको अनुगमन अब अनलाईन प्रणालीबाट

संसारपोस्ट संवाददाता · १ श्रावण २०७६ · 0
ढुवानी साधनको अनुगमन अब अनलाईन प्रणालीबाट
60
SHARES
ShareTweet


काठमाडौं, १ साउन । सरकारले ढुवानी साधनको अनुगमन अनलाईन प्रणालीबाट सुरु गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले बुधबार मालवस्तु तथा ढुवानी साधनको अनलाइन अनुगमन प्रणालीको शुभारम्भ गर्नुभएको हो ।
राजश्व अनुसन्धान विभागले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा गरेको कार्यक्रममा अर्थमन्त्री खतिवडाले अपारदर्शी एवं अनौपचारिक व्यवसायलाई पारदर्शी र औपचारिक व्यवसायमा रुपान्तरण गर्न खोजिएको बताउनुभयो । उहांले प्रविधिको प्रयोगले ५० प्रतिशत अनौपचारिक अर्थतन्त्रलाई औपचारिक अर्थतन्त्रम रुपान्तरणको एउटा प्रयासमा यो प्रणालीको कार्यान्वयन भएको बताउनुभयो । निजी क्षेत्रले पनि प्रणालीको स्वागत गर्दै यसलाई सुधार गर्दै लैजानुपर्नेमा जोड दिएको छ । उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले प्रणालीबारे स्थानीय तहका व्यवसायीमा अन्यौल रहेको बताउनुभयो । उहांले तीन महिनाको प्रोभिजनल समय अपुग हुने बताउनुभयो ।

उद्योग परिसंघका अध्यक्ष सतिशकुमार मोरले यो प्रणाली विकासको चरणमा एक पाइला अढि बढेको भन्दै स्वागत गर्नुभयो । उहांले यो प्रणालीले ढुवानीलाई सहज एवं सुरक्षित बनाउने भए पनि देशैभर एकैपटक लागू गर्न नसकिने हो कि भन्ने आशंका गर्नुभयो ।
नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष कमलेश अग्रवालले यो प्रणाली स्थानीय ढुवानीमा भने उपयुक्त हुन नसक्ने भन्दै शंका व्यक्त गर्नुभयो । राजश्व अनुसन्धान विभागका महानिर्देशक दीर्घराज मैनालीले प्रणालीको प्रयोग गर्न कुनै शुल्क नलाग्ने, सहज एवं विश्वासिलो रहेको बताउनुभयो । स्थानीय व्यवसायीलाई निजी क्षेत्रसँग मिलेर यो प्रणालीबारे अवगत गराउन लागि पर्ने उहांको भनाइ छ । महानिर्देशक मैनालीले हालसम्म यो प्रणालीका लागि ५ हजार जनाले युजर आईडी बनाईसकेको पनि जानकारी दिनुभयो । रासस

≪ Previous Post

आजको राशिफल (२०७६ साउन १ गते बुधवार)

Next Post ≫

सम्पत्ति विवरण बुझाउन आग्रह, अटेर गर्नेलाई जरिवाना

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क