Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ +तिलोत्तमा नगरपालिका प्लाष्टिक झोला निषेधित घोषणा
प्रधानमन्त्री प्रचण्डको निर्देशन पछि पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता

प्रधानमन्त्री प्रचण्डको निर्देशन पछि पेट्रोलियम...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
तिलोत्तमामा ३५ औं झरना रनिङ शिल्ड फुटबल शुरु : उद्घाटन खेलमा सम्पूर्ण युवा क्लब विजयी

तिलोत्तमामा ३५ औं झरना रनिङ...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
चीनसंगको मित्रताबाट लाभ लिन नेपाल चुक्यो : प्रदेश प्रमुख शेरचन

चीनसंगको मित्रताबाट लाभ लिन नेपाल...

प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

+तिलोत्तमा नगरपालिका प्लाष्टिक झोला निषेधित घोषणा

संसारपोस्ट संवाददाता · १ श्रावण २०७६ · 0
+तिलोत्तमा नगरपालिका प्लाष्टिक झोला निषेधित घोषणा
60
SHARES
ShareTweet


तिलोत्तमा, १ साउन । रुपन्देहीको तिलोत्तमा नगरपालिकालाई प्लाष्टिक झोला निषेधित घोषणा गरिएको छ । नगरका जनप्रतिनिधि, राजनीतिक दल, व्यवसायिक तथा सामाजिक संघ—संस्था, आमा समूह, युवा क्लव, टोल विकास संस्था, सहकारी, वन, विद्यालयका प्रतिनिधिका साथै सरोकारवालाहरु सहभागी कार्यक्रममा प्रतिनिधिसभाका सांसद तथा पूर्वमन्त्री घनश्याम भुसालले बुधबार नगरपालिकालाई प्लाष्टिक झोला निषेधित घोषणा गर्नुभएको हो । उहाँले सहभागीहरुलाई प्लाष्टिक झोला प्रयोग नगर्ने संकल्प गराउनु भएको थियो ।
नगरपालिकाले २०७५ वैशाख १ गतेबाट प्लाष्टिक झोला निषेधित अभियान सञ्चालन गर्दै आएको थियो । प्लाष्टिक झोलासँगै नगरपालिकाले प्लाष्टिकका कप, प्लेट, चम्चा पनि निषेध गरेको हो । प्लाष्टिकको प्रयोगले मानव स्वास्थ्य र वातावरणमा प्रतिकुल असर पारेकाले न्यूनीकरणको अभियान स्वरुप प्लाष्टिकका झोला, कप, चम्चा र प्लेटको बिक्री—वितरण, प्रयोग, आयात, निर्यातलाई निषेध गरिएको नगर प्रमुख बासुदेव घिमिरेले बताउनुभयो ।


नगरपालिकाले विकल्पमा कपडा, अल्लो, जुट वा अन्य वातावरणमैत्री वस्तुबाट बनेका झोला तथा वैकल्पिक साधन प्रयोग गर्न आग्रह गर्दै आएको छ । घोषणापूर्व सरोकारवालाहरुसँग पटक—पटक छलफल, अन्तरक्रिया गरेको नगरपालिकाले अब प्लाष्टिक झोलाको विक्री—वितरण रोक्न कडाइका साथ बजार अनुगमन गरिने जनाएको छ । नगरपालिकाले यस सम्बन्धमा पटक–पटक सार्वजनिक सूचना जारी गर्नुका साथै माइकिङसमेत गर्दै आएको छ । नगरपालिकाको आग्रहमा विभिन्न संघ—संस्था, सहकारी, टोल विकास संस्थाले नगरबासीलाई कपडाको झोला वितरण गर्दै आएका छन् ।
घोषणा कार्यक्रममा प्रतिनिधिसभा सदस्य भुसालले प्लाष्टिक निषेधित अभियान राष्ट्रिय महत्वको विषय भएकाले समग्र नेपालनैं कुनै एउटा समयमा प्लाष्टिक झोलामुक्त हुने विश्वास व्यक्त गर्नुभयो । प्लाष्टिक मानव स्वास्थ्यका लागि घातक हो भन्ने प्रमाणित भैसकेको सन्दर्भमा त्यसलाई हटाउने अभियान तिलोत्तमाबाट सुरु हुनु सुखद् भएको चर्चा गर्दै उहाँले यसको अनुसरण अरुपालिकाहरुले पनि गर्नुपर्नेमा जोड दिनुभयो ।
यस्तै प्रदेश ५ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लिला गिरीले अभियान चलाइएसँगै प्लाष्टिक झोलाको प्रयोगमा कमी आएको उल्लेख गर्दै सबैले प्रण गर्दा अभियान पूर्णतः सफल हुने बताउनुभयो । यस्तै प्रदेश सांसद दधिराम न्यौपानेले नगरबासीको इच्छाशक्तिबाटै प्लाष्टिक झोलामुक्त गर्न संभव रहेको बताउँदै यसलाई नगरपालिकाले दृढताका साथ कार्यान्वयन गराउनुपर्ने बताउनुभयो । नगर उपप्रमुख जागेश्वरी चौधरीले प्लाष्टिक सडेर वा गलेर नजाने र जलाउँदा पनि वायु प्रदुषण हुनेभएकाले यस्को नियन्त्रण अपरिहार्य भएको बताउनुभयो ।
अभियान सुरु भएको पन्ध्र महिनामा भए—गरेका कामको बारेमा जानकारी गराउँदै नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटाले यो अभियान नागरिकप्रतिको विश्वास र जनमतको सम्मानको जगमा आएको उल्लेख गर्नुभयो । सो अवसरमा नेपाल कम्युनिष्ट पाटीका नगर अध्यक्ष मोहन चापागाईं, नेपाली कांग्रेसका नगर सभापति हरिलाल पाण्डेय, स्रोह—छत्तीस मौंजा संयुक्त सिंचाई प्रणालीका सभापति यज्ञ गैरे, अभियानका संयोजक केशवराज न्यौपाने, शान्ति माविका प्राचार्य कुलप्रसाद लामिछाने, तिलोत्तमा उद्योग वाणिज्य संघका अध्यक्ष गुणनिधी भण्डारी, देवी वाग्ले, हेमराज पौडेललगायतले बोल्नुभएको थियो ।
कार्यक्रमका वक्ताहरुले प्लाष्टिक झोला निषेध अभियानलाई प्रभावकारी रुपमा कार्यान्वयन गराउन आ—आफ्नो ठाउँबाट सहयोग गर्ने प्रतिबद्धता जनाउँदै छिमेकी पालिकाहरुलाई पनि सँगसँगै हिंडाउन सुझाव दिनुभएको थियो । शान्ति, प्यारामाउण्ट र एपेक्स स्कुलका विद्यार्थीहरुले नृत्य प्रस्तुत गरेको कार्यक्रममा विद्यार्थी कुशल आचार्यले गीत तथा साहित्यकार डा. मुरारी पराजुलीले कविताका साथै व्यवसायी ढालानन्द चालिसेले कागजको थुङ्गा बनाउने तरिका सिकाउनु भएको थियो । कार्यक्रम नगर प्रवक्ता सुरेन्द्र श्रीको सञ्चालनमा भएको हो ।
बीस वर्ष पहिलेसम्म व्यापारीले कागजको थुङ्गामा सामान दिने गर्दथे । प्लाष्टिक झोलाको प्रयोग अत्यन्त न्यून थियो । तर पछिल्ला वर्षहरुमा प्लाष्टिक झोलाको प्रयोग यत्ति बढेको छ कि फोहोरमैलाको प्रमुख कारण यहीँ नै बनेको छ । नकुहिने फोहोरमैलामा प्लाष्टिक अग्रस्थानमा छ । प्लास्टिक झोलाको बढ्दो प्रयोगसँगै पानीको स्रोत, जमिन, वायु प्रदूषण, चौपाया तथा खेतीमा हानि पुर्याउने जस्ता समस्या भित्रिएका छन् ।

≪ Previous Post

विस्थापितको आन्दोलन सहमतिमा टुंगियो ः एक वर्षभित्र बसोबासको व्यवस्था

Next Post ≫

आजको राशिफल (२०७६ साउन १ गते बुधवार)

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क