बुटवल, १ साउन । रुपन्देहीमा विभिन्न घटनामा दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार आज विहान बुटबल उप माहानगरपालिका वडा नं. ११ (सिरानगाउँ मजुवा–४ नं टोल) बस्ने बर्ष २९ को सन्तोस बासखोरले आफ्नै टिनले छाएको १ तले घरमा फलामको डण्डीमा साडीको पासो लगाइ झुण्डिएर आत्महत्या गरेका छन् ।
उनको मृत्यु भएको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बुटवलको प्रहरी घटनास्थल गई बुझ्दा उनी बुटवल उप–महानगरपालिका वार्ड नं.२ मा रहेको उजिरसिंह माध्यमिक बिद्यालय बुटवलमा कार्यालय सहयोगीको रुपमा काम गर्ने गरेको र घरमा श्रीमती र १ छोरा र २ छोरी रहेको बुझिएको प्रहरीले जनाएको छ ।
यस्तै साउन १ गते राती साडे १२ बजेको समयमा लुम्बिनी सांस्कृतिक नगरपालिका ११ मसिना बस्ने बर्ष ४२ को जैसराम कोहारको विषादी सेवपनका कारण मृत्यु भएको छ । प्रहरीका अनुसार कोहारले आफ्नै घरमा सल्फास नामक बिषादी सेवन गरेकोले उपचारको लागि क्रिमसन अस्पताल मणिग्राम ल्याएकोमा आज विहान ३ बजे मृत्यु भएको थियो । निजले बिषादी सेवन गर्नुको कारण नखुलेको, मजदुरी काम गर्ने कोहारकी श्रीमतीको ३–४ बर्ष पहिला नै मृत्यु भईसकेको र साथमा १ छोरा रहेको प्रहरीले जनाएको छ ।
