पाल्पा ८ असार, अविरल वर्षासंगै आएको पहिरोले तानसेन तम्घास सडकखण्ड अन्तर्गत पाल्पाको सम्मोबारी भन्ने ठाउँमा दुई वटा गाडी बगाएको छ ।
पहिरोले एउटा ट्याङ्कर र एउटा मिनिट्रक बगाउँदा दुई जनाको शव भेटिएको पाल्पाका प्रहरी नायव उपरिक्षक मदन गिरीले बताएउनु भयो। प्रनाउ गिरीका अनुसार एक जनाको उद्धार गरिएको छ ।
डीएसपी गिरीले भने, ‘पहिरोले दुई वटा गाडीलाई सडकबाट तल झारेको छ । तर पुरिसकेको अवस्था भने छैन । पहिरोले बगाएको सवारी साधनमा कति जना मानिस सवार थिए भन्ने यकिन हुन सकेको छैन । हामी उद्धारमा रहेकाले यो भन्दा बढी भन्ने सक्ने अवस्था छैन ।
वाकी घटनाका वारेमा र सडकका वारेमा प्रहरीले उद्धार गरिरहेको जनाएको छ ।