Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ धर्म/सस्कृति ≫ पर्रोहा बोलबम धाममा श्रावणी मेलाको तयारी
नेपाल प्रेस युनियनको विकास पत्रकारिता तालिम समापन

नेपाल प्रेस युनियनको विकास पत्रकारिता...

प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
बिना दर्ता संचालित भैरहवाका आठ क्लिनिक र दुई ल्याब बन्द

बिना दर्ता संचालित भैरहवाका आठ...

अपराध अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
ज्यान मार्ने र बैकिङ कसूर मुद्धाका दुईजना फरार प्रतिवादी पक्राउ

ज्यान मार्ने र बैकिङ कसूर...

अपराध अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

पर्रोहा बोलबम धाममा श्रावणी मेलाको तयारी

संसारपोस्ट संवाददाता · ३० असार २०७६ · 0
पर्रोहा बोलबम धाममा श्रावणी मेलाको तयारी
60
SHARES
ShareTweet

सैनामैना, ३० असार । मंगलवार गुरु पूर्णिमादेखि सुरु हुने पर्रोहा परमेश्वर शिव ज्योतिर्लिङ्ग बोलबम धाममा जलार्पण तथा श्रावणी मेलाको तयारी अन्तिम चरणमा पुगेको छ ।
पश्चिम नेपालको प्रमुख ऐतिहासिक, धार्मिक एवं पुरातात्विक महत्वको प्रसिद्ध तिर्थस्थलका रुपमा परिचित पर्रोहा परमेश्वर शिव ज्योतिर्लिङ्ग बोलबम धाममा साउन महिनाभर जलार्पण गर्ने गरिन्छ ।
रूपन्देहीको सैनामैनामा रहेको पर्रोहा बोलबम धाम शिव ज्योतिर्लिङ्गमा सुरू हुन लागेको जलार्पण तथा श्रावणी मेलाको विषयमा जानकारी दिने उद्देश्यले सोमवार धाममा आयोजित पत्रकार सम्मेलनमा साउन महिनामा ५ लाख भक्तजनले धाममा जलार्पण गर्ने आशा राखिएको जानकारी गराईयो ।
पश्चिम नेपालको एकमात्र पशुपतिनाथको नामले समेत पहिचान बनाएको पर्रोहा परमेश्वर बोलबम धाममा हरेक बर्ष साउन महिनाभर नेपाल र भारतका लाखौँ लाख श्रद्धालु भक्तजनहरुले जलार्पण गर्ने परम्परा छ ।
धामका अध्यक्ष रामवली चौधरीले पर्रोहा बोलबम धाममा नेपाल र भारतका बिभिन्न पवित्र गंगाहरुबाट जल उठाई खाली खुट्टा बोलबम मन्त्र जप्दै पैदल यात्रा गरि जलार्पण गर्ने गरिएको बताउनु भयो ।
कपिलबस्तुको लक्ष्मणघाट, रुपन्देहीको रामघाट, तनहुँको देवघाट, नवलपरासीको त्रिबेणी, गुल्मीको रिडी, पाल्पाको राम्दी, मुस्ताङ्गको मुक्तिनाथ, प्यूठानको स्वर्गद्वारी, काठमाडौको सुन्दरीजल, पशुपतिनाथ लगायतका स्थानहरुबाट गंगाजल उठाई यहाँ ल्याई अर्पण गर्नेहरुको महिनाभरी नै घुँईचो लाग्ने गरेको अध्यक्ष चौधरीले बताउनु भयो ।
यस्तै भारतका गंगा, जमुना, काशी, गया, हरिद्वार लगायतका स्थानहरुबाट पनि उल्लेख्य मात्रामा श्रद्धालु भक्तजनहरुबाट पवित्र गंगाजल उठाई खाली खुट्टा पैदल यात्रा गरि यहाँ स्थित शिवज्योतिर्लिङ्गमा जलार्पण गर्ने गरिएको धामले जनाएको छ ।
पहेँलो गेरुवावस्त्र धारण गरि बोलबम यात्रा गर्दै यहाँस्थित शिव ज्योतिर्लिङ्गमा पवित्र गंगाजल अर्पण गरेमा पुण्य प्राप्ति हुने, बाढी, पहिरो नदी कटान, भुक्षय जस्ता प्राकृतिक प्रकोप र बर्षायाममा लाग्ने बिभिन्न रोग ब्याधीबाट मुक्ति मिल्ने विश्वास यहाँका धेरै पुराना स्थानीय वासिन्दाहरुको भनाईवाट पनि स्पष्ट हुन्छ ।
पर्रोहा परमेश्वर शिव ज्योतिर्लिङ्ग बोलबम धाममा यो वर्ष हुने बोलबम श्रावणी मेलाको उदघाटन तथा बोलबम यात्राको शुभारम्भ प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले मंगलवार गर्नुहुने धामले जनाएको छ ।
श्रावणी मेलालाई सफल वनाउन ५१ सदस्यीय मूल समिति र ६० सदस्यीय उपसमिति गठन गरिएको धाम व्यवस्थापन समितिले जनाएको छ । असार ३१ गते श्रावणी मेला तथा जलार्पण कार्यक्रम सुरु भई श्रावणी मेला साउन ३० गते समापन गरिने अध्यक्ष चौधरीले जानकारी दिनुभयो ।
साउन महिनाभरी पर्रोहा परमेश्वर शिव ज्योतिर्लिङ्ग बोलबमधाममा नेपाल तथा भारतका लाखौं भक्तजनले जलार्पण गर्ने गर्दछन् । सो अवसरमा धामका सल्लाहकार रामप्रसाद अधिकारीले साउन महिनाभरी हुने जलार्पण कार्यक्रमलाई सफल वनाउन सवैसंग आग्रह गर्नुभयो । धामका महासचिव प्रेमलाल भुसालले श्रावणी मेलामा सकृय सहभागिता जनाएर बोलबम धामको महत्वलाई अझै उजागर गर्न आग्रह गर्नुभयो ।
((((((((((((((((((((

≪ Previous Post

रुपन्देहीको रोहिणीमा चक्रवात हुरी, ठूलो दुर्घटना टर्यो

Next Post ≫

सभापति देउवाद्वारा उद्धार र राहतमा सहभागी हुन आग्रह

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क